Article in Nepali

➤ मीरा  ! तिमी भीरपाखामा दौडिराख

  • (बाह्रखरी , २०७३ माघ  १७  सोमबार , १४:०४:०० )
  • भोजपुर जिल्लाको उकाली ओरालीभञ्ज्य∙ चौतारीखोला खान्लामा दौडेर आफ्नो बाल्यकाल विताएकी मीरा राई आज देशको लागि गौरव बनेकी छिन् । देशलाई पहिचान गराउने नेपाली चेलीकको भीर पहाडको दौडको निरन्तर प्रयासको प्रतिफल हो यो । भर्खरै मात्र नेशनल जियोग्राफीकले प्रदान गर्ने एडभेन्चर्स अफ दी ईयर २०१७’ जितेकी छिन् । >>>> 

    स्वास्थ्य पत्रकार मञ्चका अवसर र चुनौतिहरु

    (हाम्रो डाक्टर, कार्तिक २८, २०७३ / Nov 13, 2016)

    स्वास्थ्य विधामा दखल राख्ने पत्रकारहरुको समुह स्वास्थ्य पत्रकार मञ्चको प्रथम अधिवेशनबाट नयाँ कार्य समिति गठन भए संगै यस मञ्चका लागि अवसरका साथ साथै धेरै चुनौतिहरु थपिएका छन् । >>>>

    नियन्त्रणमा छैन डेंगु

    (गोरखापत्र दैनिक , मंगसिर ३, २०७३)
    नेपालको तराईका विभिन्न जिल्लामा फैलिएको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरसको सङ्क्रमणबाट हुने रोग डेंगुले बितेको महिनामा निकै प्रभाव पा¥यो ।  रोगको सङ्क्रमणबाट झापा, चितवन, पर्सा तथा पश्चिमका जिल्लामा निकै व्यक्ति बिरामी भए । >>>>

    ➤अनशनरत तिवारीमार्फत् स्वास्थ्यमा न्याय कहिले दिने ?

    (स्वस्थ्य खबर पत्रिका  ,  प्रकाशित)

    आम जनतालाई स्वास्थ्य सेवामा सहज हुने कानुनको आधारमा न्याय खोज्न आज १६ दिन अन्सन बस्दा पनि सरकार मौन छ । कुरा विकास तिवारीको हो, जो रावविराजस्थित सगरभाथा अञ्चल अस्पतालको बेथिति सुधारका लागि प्रयासरत छन् । >>>>

    ➤यस्तो छ ५ बजेसम्म ओपिडी सेवाको कानूनी नालिबेली

    (स्वस्थ्य खबर पत्रिका  ,  प्रकाशित)

    विवादित विषयको समाधान नगरिकन सरकारले गरेको  विहान १० बजे देखि साझ ५ बजे सम्मको ओपीडी सेवा सम्बन्धी पपुलिस्ट निर्णय कार्यान्वयनमा निकै व्यवधान आउने छ तसर्थ समस्या समाधानकालागि एक पटक पुनः विचार गरी आवश्यक थप व्यवस्था सहित निर्देशन दिए मात्र सरकारको यो नियर्णय जनहीतमा हुने छ नभए सरकारको पपुलिस्ट घोषणामा सिमित रहनेछ ।
    सरकारले सरकारी अस्पतलामा बाहिर सेवा (ओपीडी सेवा) विहान १० बजे देखि साझ ५ बजे सम्म उपलब्ध गराउन भनी सबै सरकारी अस्पतालमा पटक पटक अनुरोध गरिसकेको छ, मौखिक अनुरोध देखि लिखितरुपमा नै पत्राचार समेत भई सकेको छ ।  >>>>

    प्रतिष्ठानमा उपकुलपति नियुक्ति: सबैको चासो किन ?

  • (बाह्रखरी , २०७३ पौष २० बिहीबार १३:०२:०० )
  • वर्तमान उपकुलपति दासलाई एकातिर आरोप पनि लागेको छ भने अर्कोतिर उनी व्यवहारिक, दृढ र प्रतिष्ठान विकासका लागि आवश्यक नीतिका लागि बोल्ड निर्णय गर्ने क्षमता भएको व्यक्तिको रूपमा परिचित छन् । उनका गलत पक्षलाई बिर्सने हो भने निर्णायक र चातुर्यताका हिसाबले प्रतिष्ठान विकासका लागि उनले गरेको योगदान प्रसंशनीय नै छ ।
    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वर्तमान उपकुलपतिको तोकिएको कार्यावधि आजबाट समाप्त भएकोे छ । उनको निरन्तरता कायम नभए उक्त पद अन्य प्रतिष्ठानमा झैँ केही सप्ताह वा केही महिनाको लागि रिक्त रहनेछ ।
    रिक्त पदमा प्रक्रियागत रूपमा अन्य कोही उपकुलपति आउन केही समय लाग्ने भएकोले उपकुलपतिको निरन्तरता वा परिवर्तनको विषयलाई अहिले विभिन्न सञ्चारमाध्यमले बहसको विषय बनाएका छन् । >>>>

    ➤वीपीकेआइएचएस "सुध्रने आशा"

    (हिमाल साप्ताहिक पत्रिका  , २४ पुस -१माघ २०७३)

    दशकौंदेखि विभागीय प्रमुखमा रजाइँ गरिरहेकाहरू बिदाइ गरिनुले पीकेआईएचएसमा व्याप्त बेथिति अन्त्य हुने संकेत देखिएको छ।
    सञ्चालनमा आएको २३ वर्षपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) को जीवनमा एकखाले तरंग उत्पन्न भएको छ। आफ्नो पदावधि सकिन करीब एकसाता बाँकी रहँदा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले वर्षौंदेखि विभागीय प्रमुख रहेका व्यक्तिहरूलाई पदच्यूत गरेका छन्। र, दोस्रो मर्यादाक्रममा रहेका चिकित्सकलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन्। >>>>

    विदेशमा विशिष्टको उपचार शोख

    (गोरखापत्र दैनिक , पौष २७ , २०७३)

     राष्ट्रको ढिकुटीबाट विशिष्टहरूको विदेशमा उपचारका क्रममा जति खर्च हुन्छ, त्यति रकमले विशिष्ट लगायत आम नेपाली जनताको नेपालभित्रै उपचार गर्न सक्ने भौतिक पूर्वाधार र उपकरणको व्यवस्था गर्न सकिन्छ । 
    स्वदेशमै हुन सक्ने वा छिमेकी मुलुक भारतमा कम खर्चमा हुन सक्ने उपचारका लागि धेरै खर्च गरेर समुद्रपार उपचार गर्न जाने सौखिन प्रवृत्ति निकै बढ्दो छ ।  यसका पछिल्ला उदाहरण हुन्, काँग्रेस सभापति शेरबहादुर देउवाको सिङ्गापुर भ्रमण, एमाले अध्यक्ष केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमण, पूर्व राष्ट्रपति डा. रामवरण यादवको अमेरिका यात्रा र काँग्रेस नेतृ सुजाता कोइरालाको सिङ्गापुर र मलेसिया यात्रा ।  >>>>

    ➤मिनरल वाटर, अम्मा र राजनीति

    (
  • बाह्रखरी , २०७३ पौष २८ बिहीबार १३:०२:००
  • )

    उनको  गरिब, सिमान्तकृत, अल्पसंख्यक, महिला तथा मजदुरप्रतिको दृष्टिकोण तथा राज्य विकासको भूमिका नेपाली नेतासमेतको लागि पाठ हुन सक्छ । 

    दक्षिण भारतको तामिलनाडु राज्यमा प्राविधिक व्यवस्थापन शिक्षातर्फ स्नाकोत्तर अध्ययनका क्रममा जाँदा   हामीले तीर्खा मेट्न अम्मा मिनरल वाटर नै खरिद गथ्र्याैं ।
    बीस रुपियाँ पर्ने अन्य मिनरल वाटरका तुलनामा सस्तो दश रुपियाँमा पाइने त्यो मिनरल वाटरको बोटलमा भारतीय राजनीतिमा प्रभावकारी भूमिका भएकी एक ओजस्वी महिलाको तस्बिर हुनेगथ्र्याे । >>>>

    ➤सरकार ! दुर्गममा सिटामोल कहिले पुग्छ ?

    (कान्तिपुर दैनिक , माघ ५, २०७३)

    आफ्नै देशमा सम्भव हुने उपचारका लागि विशिष्टहरू सरकारी ढुकुटीबाट लाखौ अनुदान लिएर विदेश जाने अनि हामी गरिब जनता आधारभूत स्वास्थ्यसेवाको लागि तडपिनुपर्ने ? सरकारकै रवैयाको प्रतिफल हो, यो ।
    माघ ५, २०७३- नेपालको कुनै यस्तो ठाउँ छैन, जहाँ चुरोट र रक्सी पाउँदैन । पूर्व होस् वा पश्चिम, उत्तर होस् या दक्षिण गाडी नै नपुग्ने विकट ठाउँ किन नहोस्, गाउँको भट्टीमा पनि सहजै महँंगो र विभिन्न ब्रान्डका रक्सी र चुरोट उपलब्ध हुन्छ । तर विडम्बना ! स्वास्थ्य उपचारमा भन्दा रोग जन्माउन यी वस्तु कामयाब हुने गरेको छ । नेपालको दूरदराजको गाउँमा चुरोट र रक्सी जति सहजै उपलब्ध हुन्छ, ठिक त्यसको विपरीत एउटा सिटामोलको चक्की पाउन निकै कठिनाइ भोग्नुपर्छ । >>>>

    ➤डेंगुबाट त्रसित होइन, सचेत रहौं


    (कान्तिपुर दैनिक , कार्तिक १२, २०७३)


    चिकित्सकले पनि बिरामीलाई रोगका बारेमा पूर्ण सुझाव दिएर स्थानीयस्तरमा नै उपचार गर्न, गराउन र सिकिस्त हुन सक्ने बिरामीलाई मात्र ठूला अस्पतालमा रिफर गर्न सकिन्छ ।

    कार्तिक १२, २०७३- लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगु रोगको प्रकोप नेपालको तराई क्षेत्रमा निकै बढ्दो छ । चितवन, पर्सा तथा झापाको दमकमा डेंगु रोगको संक्रमणबाट करिब तीन सय बढी बिरामी भएका छन् । यस रोगको बढ्दो बिरामीको संख्याका कारण डेंगु इपिडेमिक भएर संत्रास फैलाउने खतरा बढेको छ । दमकका विभिन्न भागका करिब तीन दर्जन बिरामी सम्बन्धित रोगले ग्रसित भएको परीक्षणबाट पुष्टि भएको छ भने चितवन तथा पर्सामा पनि धेरै बिरामी यस रोगबाट पीडित भएका छन् । >>>>

    ➤मेडिकल शिक्षाको दयनीय अवस्था

    (कान्तिपुर दैनिक , चैत्र १५, २०७१)

    मेडिकल व्यापारमात्र फस्टाउनेगरी मनसाय पत्र वितरण गरेका कारण यी सबै मनसाय पत्र पाएका मेडिकल कलेजलाई सञ्चालन गर्न दिने हो भने नेपालको केही सहरमा मात्र स्वास्थ्यसेवा प्रभावकारी हुनेछ भने ग्रामीण इलाकामा आधारभूत स्वास्थ्यसेवा समेत नपुग्ने असन्तुलित अवस्था आउनेछ। 
    चैत्र १५, २०७१-गुणस्तरीय चिकित्सा शिक्षा एवं जनस्वास्थ्यको वकालत गर्दै प्रा.डा. गोविन्द केसी पाँचौंपटक अनशन बसेका छन्। प्राध्यापक केसीले गुणस्तरीय चिकित्सा शिक्षाको पक्षमा तथा गलत रूपमा फस्टाउँदो चिकित्सा व्यापार र थप नयाँ मेडिकल कलेज स्थापनाको विरुद्धमा गत वर्षमात्र लगातार दुईपटक अनशन बसेको जगजाहेर नै छ। >>>>

    No comments:

    Post a Comment