Friday, 3 April 2020

लकडाउन अझै एक हप्ता थपिन सक्छ, आफ्नो धैर्यता नगुमाउनुहोस् !

  
नोभेल कोरोना भाईरसको उदगम स्थल मानिएको त्यो वुहान शहरमा चमेराको विष्टाबाट जंगली जनावर हुँदै जंगली जनावरको काँचो मासुको व्यपारिक क्षेत्र मार्फत मासु व्यापार तथा सेवन गर्ने मानिसमा सरेपछि यसले भयानक रुप लिएको छ ।
यस भाईरसको संक्रमणबाट उत्पन्न रोग कोभिड १९का कारण संक्रमित मध्ये करीब १४ प्रतिशतमा मृत्युको कारण बन्ने गरेको छ । तर अधिंकास मानिसहरुमा शरीरको रोग प्रतिरोधात्मक प्राणाली सक्रिय भई यस भाईरसको संक्रमण र यसबाट हुने प्रभावलाई निस्तेज पर्न सक्षम रहेकोले र यस कोरोना भाईरस भाईरसको संक्रमणले नराम्रो असर पार्न पाउदैन् ।
यस नयाँ कोरोना भाईरस अन्य कोरोना भाईरस प्रजातीका जीवाणू भन्दा केही फरकरुपमा मानिसबाट मानिसमा वा मानिसले छाोएको सरसामाग्री समेतबाट सर्ने क्षमता राख्ने भएकोले यसको फैलावट सबैको चिन्ताको विषय बनेको छ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले यस भाइरसको फैलावट छिटो छिटो हुने भएको र यसबाट धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकोले यसलाई विश्वव्यापी महामारीकोरुपमा इंगीत गरिसकेको छ ।


यस कारण लकडाउनमा आफ्नो धैर्यता नगुमाउनुहोस्!


चीनको वुहान सहरलाई सायदै कसैले आफ्नो जीवनमा भुल्ने छन्। नोभेल कोरोना भाइरसको उद्गम स्थल मानिएको वुहान सहर तीन महिना पछि आएर शान्त त बन्दै छ तर विश्वलाई नै उथलपुथल बनाई दिएको छ। विकसित मुलक समेत विश्वभरका अधिकांश मुलुकहरु प्रताडित छन्।चमेराको विष्टाबाट जंगली जनावर हुँदै जंगली जनावरको काँचो मासुको व्यापारिक क्षेत्रमार्फत मासु सेवन गर्ने मानिसमा सरेपछि यसले भयानक रुप लिएको छ। किनभने यसले संक्रमित मध्ये करिब १४ प्रतिशत मानिसको सुरुमा माथिल्लो तत्पश्चात तल्लो श्वासप्रणलीमा जटिल समस्या निम्त्याई खासगरी निमोनियाको जटिलता मृत्युको कारण बन्ने गरेको छ। तर अधिकांश मानिसहरुमा शरीरको रोग प्रतिरोधात्मक प्राणाली सक्रिय भई यस भाइरसको संक्रमण र यसबाट हुने प्रभावलाई निस्तेज हुन्छ र भाइरसको संक्रमणले नराम्रो असर पार्न पाउँदैन।


Monday, 30 January 2017

मीरा  ! तिमी भीरपाखामा दौडिराख

भोजपुर जिल्लाको उकाली ओराली, भञ्ज्यचौतारी, खोला खान्लामा दौडेर आफ्नो बाल्यकाल विताएकी मीरा राई आज देशको लागि गौरव बनेकी छिन् । देशलाई पहिचान गराउने नेपाली चेलीकको भीर पहाडको दौडको निरन्तर प्रयासको प्रतिफल हो यो । भर्खरै मात्र नेशनल जियोग्राफीकले प्रदान गर्ने एडभेन्चर्स अफ दी ईयर २०१७जितेकी छिन् । विभिन्न विधामा विषम पहिचान सहितको साहसिक कामका लागि भएको सर्वोत्कृष्ट व्यक्तिको चयनमा यिनै मीरा शिखरमा उभिएकी छिन् । उन्ले मनोनयनमा परेका विभिन्न मूलुकका उत्कृष्ट दश व्यक्तिहरुको सूचिमा रहेका अन्य नौ साहसिक पहिचान भएका व्यक्तिहरुलाई अनलाई भएको भोटिप्रक्रियबाट पछाडी छाडी दिईन । उनी नेपाली चेली भएको नाताले नेपालको गौरवलाई समेत उच्च बनाएकी छिन् । आफ्नो बाल्यकाल निकै कष्टकर विताएकी र दैनिकी जोहो गर्नका लागि हतार हतार दौडेर काम गर्नु पर्ने भएकोले उनले भिर पहाडको दौडलाई अफू संगै नै अंगाली राखिन । उनलाई पनि के थाहा दु:ख पीडाको सहारा, भीर पहाडको दौड्ने अध्यास नै आजको विश्व पहिचनको आधार बन्न पुग्छ । तर उनलाई भाग्यले साथ दियो, अवसर पनि पाईन र सफलता हासिल गर्दै गईन् । आज त्यही भिर पहाडको लामो दौडको आडमा उनी विश्व प्रख्यात बन्न पुगेकी छिन् । साšच्चै नै आज भीर पहाडमा दौडने मीरा राई अल्ट्रा म्याराथन धाविका भएर नेपाललाई विश्वभर चिनाउšदै छिन् । हुन त उनकै समकक्षी साथीहरु अहिले पनि त्यही जिल्लामा डोके बोकेर उकाली ओराली दौडी रहेकी छिन् । तर उनीहरुको भाग्य मीरा राईको जस्तो उज्वल हुन त सकेन बरु डोको अड्याउने नाम्लोको ओजनमा नै सीमित हुन पुगेको छ । धाविका भीरा राई अहिले पनि ती साथिहरुलाई झल झल्ती सम्झिन्छिन्, उनीहरुका पीडालाई समेत आत्मसात गर्छिन र भन्छिन् अवसार पाएमा ती सबै साथीहरु म जस्तै बन्न सक्छिन् । उनी संग दमकमा भएको मेरो छोटो भेटमा उनले यस्तो भावना पोखेकी हुन् ।



Tuesday, 20 September 2016

तिम्रो गोरो रंगमेरो कालो दिन
(तराईको एक दलितको पहाडकी गोरी प्रेमिकालाई पत्र)

(यो लेख कुनै अग्रह पुर्वाग्रहमा लेखिएको होइनविभिन्न व्यक्तिहरुको विचारबाट प्रभावित भएर राष्ट्रीय एकता कायम रहोस भन्ने उदेश्यका साथ साहित्यिक काल्पनिक पत्रकोरुपमा प्रस्तुत गरएको छ । यस पत्रको प्रसंग कसैसंग मेल खाएमा त्यो संयोग मात्र हुनेछ ।)


मेरी प्रियतमा
खण्डित नेपालभरीको अखण्ड माया

हामीले कलमको माध्ययमबाट आफ्नो अन्तरआत्माको मनोभाव साटेको झण्डै एक वर्ष नै हुन लागेछ किनकी संविधान बनेको एक वर्ष भएछ । बिस्तारित संचार माध्यमको कालखण्डमा पत्रचारको के आवश्यकता भन्ने भाव हमीमा ओतप्रोत भए जस्तो छ । तर किन हो किन अन्तरमनको गहिराईको प्रेमसदभावबेदना र भावना कलमले मात्र उजागर गर्न सकिँदो रहेछ भन्ने लाग्छ मलाई । मेरी प्रियतमा, त्यसैले आज बाह्र महिनाको अन्तरमा फेरी तिमीलाई पत्रचार गर्न बाध्य भए । पत्रचार नगर्दा त यो बाह्र महिना बाह्र बर्ष झै लागेको छ मलाई । गत वर्षको पत्रको झझल्को मेरो मानस पटलमा ताजा नै छ र आशा गर्छु तिमी पनि त्यसलाई बिर्सन सक्दिनौ होला । आजकल एकल पत्र सबैका लागि स्मरणीय नै हुने गर्दछ हैन र ! फोनमोबाईलभाईबर जस्ता कयौं सञ्चारका सेवा भएका बेला एकल पत्र पनि आफ्नो अधिकारको खोजीमा छ र आफ्नो अस्तित्व जोगाउन प्रयासरत छ म त्यसकै लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रयासमा छुमलाई विश्वास छ यसलाई पढेर तिमीले पनि पूर्णता दिनमा सहयोगी भूमिका निर्वाह गर्ने नै छौ ।


Sunday, 20 September 2015

तिमी दिपावली मनाऊ, म चिता जलाऊछु

(वर्तमान अवस्थामा लेखिएको एक काल्पनिक पत्र । कसैको जीवन संग मेल खाए एक संयोग मात्र हुनेछ ।)


 मेरी प्रियतमा 
नेपाल भरीको अखण्ड माया

पत्र लेखेको पनि एक काल खण्ड नै भई सक्यो होला, मैले त तिमीलाई जीवनमा पत्र पठाउनु पर्ला भन्ठानेकै थिईन । विकसित विश्व मानचित्रमा नेपालले पनि संचार विकासमा फड्को नै मारेको रहेछ । त्यसकै उपलब्धी होला हामी पनि त्यही फोनमा घण्टौ कुरा गर्छौ, मनका भावना साटासाट गर्छौ तर प्रियतमा, मनका कयौ आवाज त कागजमा मात्र उतारन सकिने रहेछ, फोन त एक साधन मात्र पो रहेछ । फोनमा बोल्दा त कुण्ठित आवाज नै प्रस्फुटन नहुšदो रहेछ नी ! सायद तिमीलाई पनि त्यस्तै हुšदो हो ! तर तिम्रा आवज नै कहिल्यै कुण्ठित भएनन् होला, तिम्रा लागि त विरासतमा नै सबै थोकको चान छ, तिम्रा लागि त  पहिचान होस वा सामथ्र्य, सुविधा होस वा खुशी, कहिल्यै संघर्ष गर्नै परेन, हैन र !

आफन्तको मृत्युको पिडा