Monday, 30 January 2017

मीरा  ! तिमी भीरपाखामा दौडिराख

भोजपुर जिल्लाको उकाली ओराली, भञ्ज्यचौतारी, खोला खान्लामा दौडेर आफ्नो बाल्यकाल विताएकी मीरा राई आज देशको लागि गौरव बनेकी छिन् । देशलाई पहिचान गराउने नेपाली चेलीकको भीर पहाडको दौडको निरन्तर प्रयासको प्रतिफल हो यो । भर्खरै मात्र नेशनल जियोग्राफीकले प्रदान गर्ने एडभेन्चर्स अफ दी ईयर २०१७जितेकी छिन् । विभिन्न विधामा विषम पहिचान सहितको साहसिक कामका लागि भएको सर्वोत्कृष्ट व्यक्तिको चयनमा यिनै मीरा शिखरमा उभिएकी छिन् । उन्ले मनोनयनमा परेका विभिन्न मूलुकका उत्कृष्ट दश व्यक्तिहरुको सूचिमा रहेका अन्य नौ साहसिक पहिचान भएका व्यक्तिहरुलाई अनलाई भएको भोटिप्रक्रियबाट पछाडी छाडी दिईन । उनी नेपाली चेली भएको नाताले नेपालको गौरवलाई समेत उच्च बनाएकी छिन् । आफ्नो बाल्यकाल निकै कष्टकर विताएकी र दैनिकी जोहो गर्नका लागि हतार हतार दौडेर काम गर्नु पर्ने भएकोले उनले भिर पहाडको दौडलाई अफू संगै नै अंगाली राखिन । उनलाई पनि के थाहा दु:ख पीडाको सहारा, भीर पहाडको दौड्ने अध्यास नै आजको विश्व पहिचनको आधार बन्न पुग्छ । तर उनलाई भाग्यले साथ दियो, अवसर पनि पाईन र सफलता हासिल गर्दै गईन् । आज त्यही भिर पहाडको लामो दौडको आडमा उनी विश्व प्रख्यात बन्न पुगेकी छिन् । साšच्चै नै आज भीर पहाडमा दौडने मीरा राई अल्ट्रा म्याराथन धाविका भएर नेपाललाई विश्वभर चिनाउšदै छिन् । हुन त उनकै समकक्षी साथीहरु अहिले पनि त्यही जिल्लामा डोके बोकेर उकाली ओराली दौडी रहेकी छिन् । तर उनीहरुको भाग्य मीरा राईको जस्तो उज्वल हुन त सकेन बरु डोको अड्याउने नाम्लोको ओजनमा नै सीमित हुन पुगेको छ । धाविका भीरा राई अहिले पनि ती साथिहरुलाई झल झल्ती सम्झिन्छिन्, उनीहरुका पीडालाई समेत आत्मसात गर्छिन र भन्छिन् अवसार पाएमा ती सबै साथीहरु म जस्तै बन्न सक्छिन् । उनी संग दमकमा भएको मेरो छोटो भेटमा उनले यस्तो भावना पोखेकी हुन् ।



कक्षा ६ मा अध्ययनरत रहšदा नै तत्कालिन माओवादी पार्टीको सशस्त्र विद्रोहको भावनाले ओतप्रोत भएर होमिएकी मीरा राई १४ वर्षको उमेरमा माओवादी लडाकु भएर सोही पार्टीमा होमिएकी थिईन तर उनको समानता र जनवर्गीय चाहनाको चन्द्रमामा तब बादल लाग्न पुग्यो जतिबेला उमेरका कारण सिन्धुली स्थित लडाकु प्रमाणिकरण शिविरबाट अयोग्य लडाकु सावित भईन र केही रकमको झोला र बोरिया बिस्तर लिएर शिविरबाट बाहिरिइन् ।
शिविरबाट अयोग्य लडाकु हुनुको पिडाले सताईएकी मीरा हतास थिईन तर उनले उनी मार्शल आर्ट्शमा अब्बल भएकाले उनले ध्रुबविक्रम मल्लको सहारा पाईन । बैदेशिक रोजगारीका लागि विदेसिन लागेकी उनी तिनै कराते प्रशिक्षक मल्लको सहयोगमा कराते प्रशिक्षणमा लागिन तर उनी दौडिन सिपालु भएकीले मल्लले उनलाई यतै तिर होमिन सल्लाह दिए र उनी सोही बमोजिम पहाडी भू भागमा हुने दौडमा सामिल हुन थालिन । अल्ट्र म्याराथन धाविका मीरा र तिनै प्रशिक्षक मल्ललाई अर्थिक सहयोगका लागि ब्रिटिस स्थित संस्थाहरुको समुहले दमकमा आयोजना गरेको कार्यक्रममा आएका बेला संसद महिन्द्रा दीदी, राष्ट्रजी संगै खाना खानेक्रममा मैले उनको अनुभव संगाल्ने मौका पाएको थिए । उनको विश्व विजेता बन्ने धोको रहेको स्पष्ट देखिन्थ्यो ।
आधिकारिकरुपमा हिमालियन आउटडोरको ५० कि.मी. रेसबाट शुरु भएको शीलशीलाले क्रमिकरुपमा सफलता चुम्दै गयो । अल्ट्र म्याराथुनका बारेमा परिचित पनि हुदै गईन उनलाई यस प्रकारको साहसिक दौडप्रति रुचि पनि बढ्दै गयो र विभिन्न प्रतियोगीमा सहभागी पनि बन्दै गईन, सफलता पनि हासिल गरिन् । सन २०१५ मा भएको अल्ट्र स्काई म्याराथन बल्र्ड सिरिजमा उनी उपविजेत भईन । विश्व विजेता बन्ने धोको बोकेर अहिले पनि उनी दौडिने अभ्यास गरिरहेकी छिन् तर देब्र खुट्टाको एन्टेरियर क्रुसिएट लिगामेन्टको ४ महिना अगाडी मात्र दुरवीन सहितको आधुनिक प्रविधि मार्फत इटालीमा शल्यक्रिया भएकोले उनले राम्ररी अभ्यास गर्न नपाएको गुनासो दमक आएको बेला गर्दै थिईन । उनी २०१७ को प्रतियोगीतको लागि तयार हुन चाहन्छि । अहिले सामान्य स्ट्रेचिदेखि योगमा मात्र सिमित छ उनको प्रयास । सायद छिटै नै उनले फेरी भीर पाखामा साहसिक दौड दौडको अभ्यास गर्ने छिन् । हामी नेपालीको शिर उच्च बनाउन र देशको प्रतिष्ठा बढाउन उनी झन दह्रो भएर आउने छिन् ।
मिरा तिमी देशको इज्जत भएकी छौ, तिमी धेरै महिलाका लागि सशक्तिकरणर र साहसको आधार भएकी छौ, तिमी पिछडिएकाहरुको सहारा भएकी छौ, दुर्गममा रहेकाहरुका लागि शक्तिको श्रोत भएकी छौ अनि हामी सबै नेपालीका लागि प्रेरणा  भएकी छौ । मीरा, तिमी सधै भीर पाखामा दौडी राख ! देशका लागि, हाम्रा लागि, अनि तिम्रा समकक्षी साथीका लागि अनी आफ्नो लागि । मेरो शुभकामना तिम्रो सफल दौड यात्राका लागि !


No comments:

Post a Comment