(वर्तमान अवस्थामा लेखिएको
एक काल्पनिक पत्र । कसैको जीवन संग मेल खाए एक संयोग मात्र हुनेछ ।)
मेरी प्रियतमा
नेपाल भरीको अखण्ड माया
पत्र लेखेको पनि एक काल
खण्ड नै भई सक्यो होला, मैले त तिमीलाई जीवनमा पत्र
पठाउनु पर्ला भन्ठानेकै थिईन । विकसित विश्व मानचित्रमा नेपालले पनि संचार विकासमा
फड्को नै मारेको रहेछ । त्यसकै उपलब्धी होला हामी पनि त्यही फोनमा घण्टौ कुरा
गर्छौ, मनका भावना साटासाट गर्छौ तर प्रियतमा, मनका कयौ आवाज त कागजमा मात्र उतारन सकिने रहेछ, फोन त एक साधन मात्र पो रहेछ । फोनमा बोल्दा त कुण्ठित आवाज नै
प्रस्फुटन नहुšदो रहेछ नी ! सायद तिमीलाई
पनि त्यस्तै हुšदो हो ! तर तिम्रा आवज नै कहिल्यै
कुण्ठित भएनन् होला, तिम्रा लागि त विरासतमा नै
सबै थोकको चान छ, तिम्रा लागि त
पहिचान होस वा सामथ्र्य, सुविधा होस वा खुशी, कहिल्यै संघर्ष गर्नै परेन, हैन र !
![]() |
| आफन्तको मृत्युको पिडा |
प्रियतमा, हाम्रो मिलन एउटा संयोग थियो तर इश्वरको कृपा भन्नु पर्छ सार्थक
मिलनले नै हामी नजिकियौं, यति नजिकियौं की माया बस्यौ
हैन र ! हाम्रो मिलनलाई धेरैले विश्वास नै गर्दैनन् झन अहिलेको सम्प्रदायिकता
विथोलिएको बेलामा त कसै कसैलाई त पत्याउन पनि ढुšगा चपाए झै भएछ, हुन पनि किन नहोस् कहाš तिमी सम्पन्न परिवारकी
उपल्लो जातकी पहाडकी गोरी कहाš म रोगजारको खोजीमा हिमाल
चढेको तराईको गरीब दलित । हामीले मन साटासाट गर्दा त न रंग हेर्यौ न त जात, न वर्ण हेर्यौ न त भुगोल, न सामथ्र्य हेर्यौ न त
पहिचान, हेर्यौ त केवल एक अर्काको अन्तर्मन । मेरो बुझाईमा रंग, जात धर्म, भुगोल, सामथ्र्य र पहिचान त मिथ्या मात्र रहेछन्, ईश्वरको कृपा भए त अन्तर्मनको मिलन नै सार्थक विषय पो रहेछ । प्रियतमा, हामीले बुझे झै अलौकिक प्रेमको गहिराईलाई लौकिक कुनै पनि तत्वले आšकलन गर्न सक्दैन भन्ने विषय त सबैले बुझेका छन् होलान नी । हाम्रो यो
प्रगाढ मायाको विश्लेषण र विवेचना गर्नु मेरो मुर्खता नै हुनेछ । नदिको कलकल आवाज
र सागरको गहराईको पनि कसैले विश्लेषण गर्ने प्रयत्न गर्छ र ? मलाई त त्यसो लाग्दैन ।
प्रियतमा तिमीसंग लुकामारी
खेलेको पनि धेरै दिन भा छैन्, तिमीसंग नैनक्रिडा गरेको
पनि भर्खरै हो लाग्छ, हिजै अस्ती नै हो क्यार ।
अस्तीे तिमी र मैले संगै भान्सामा गएर सिस्नो पकाएको अनि खुसार्नी र गुन्द्रुक साšदेको पनि मानसपटलमा ताजा नै छ । तराईमा धान फल्छ भनेर घुर्की के
लगाउने, पहाडमा बस्दा मकैको ढिडो पनि मिठो नै मानेको थिए
क्यार, मन मिले पछि सबै मिठो नमिले तितो । अš साšच्ची तिमी पनि त अस्तीको
होलीमा तराई झरेकी थियौ नी, मलार्य मिठो लाग्छ भनेर
फापर पनि ल्याएकी थियौ । तराईको होलीको भव्य हुन्छ भन्थे मैले, त्यै भएर तिमीले जानकी मन्दिर घुम्न जाने मौका पनि होलीको बेला पारे
छौ । तिमी झुक्किएको पनि मलाई
याद छ, तिमी त होली खेल्न भनेर
पूर्णिमाकै दिन आई पुगी छौ तर तराईका २२ जिल्लामा त होली होलिकाको दहन भएको भोली पल्टको
दिनमा खेलिन्छ क्यार, सरकारले पनि मधेसमा त्यही
दिन विदा दिन्छ भन्ने कुराको हेक्का तिमीलाई पनि भएन छ क्यार ! प्रियतमा अहिले त शोषित, पिडित, पिछिडिएका जनतालाई अधिकार
सम्पन्न बनाउने भन्ने अभियान नै रहेछ देशमा त्यसैले त देशलाई संघिय राज्यमा विभाजन
गरिंदै छ, नीति निर्माता कहलाउनेहरुमा
विचार शुन्यताको दर्शन हावि भएछ क्यार, राज्यको विभाजन गर्दा त
विज्ञलाई पन्छ्याए राजनैतिक सम्झौताको आधारमा भागबण्डा गरेका रहेछन् देशलाई ।
त्यति मात्र कहाš हो र जनसंख्याको आधारमा
निर्वाचन क्षेत्र अनि समानुपातिक समावेशी पनि जोखिममा छ नी । अहिले संविधान
निर्माणको क्रममा दुई किसिमका विचार हावी भएका छन्,
जर्मनका
विधिशास्त्री सेभेग्नीले भने जस्तै असन्तुष्ट पक्षको आवाजलाई समेत समेटेर
अधिकतमरुपमा सर्वपक्षीय हितमा राज्य हुनु पर्ने सिद्यान्त एकातिर छ भने अर्कातिर
त्यसको ठिक विपरित बेलायती विधिशास्त्री जोन अस्टिनको सिद्यान्तमा जस्तै असन्तुष्ट
पक्षलाई पन्छ्याएर अगाडी बढ्ने निर्णय अनुसार प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने
सिद्धान्त पनि हावी छ । जोन अस्टिनको सिद्यान्तका आधारमा एउटा
सम्बिधानको किताव त बन्ला तर नेपालको वर्तमान परिवेशमा रहेको समाजमा न्यायको
अनुभुति कदापी हुन सक्दैन् बरू सेभेग्नीको सिद्यान्तलाई नै आधार बनाएर अगाडी बढ्दा
नेपालमा शान्ति कायम हुन सक्छ, जनताले न्यायका अनुभुति
गर्न सक्छन् । मैले अध्ययन गरेकै आधारमा भन्ने हो भने त संघिय संरचनाको एउटा दर्षण
हुनु पर्ने हो, नेपालको परिवेश सुहाउदो
एउटा सिद्यान्त हुनु पर्ने हो, एकै किसिमको
मुल्यमान्यतालाई आधार बनाईनु पर्ने हो, हैन भनेको मैले अध्ययन
गरेका ति सबै पुस्तक गलत सावित गर्नु पर्ने हुन्छ । तर विडम्बना भनु की के भनु, प्रस्तावित दुई नं. (मधेस) प्रदेशको सिमाêनको न कुनै दर्षण छ न कुनै मुल मान्यता, यसको सिमाêन त मात्र विचार शुन्यताको
आधारमा गरिएको छ जस्तो लागेको छ मलाई । कम्तीमा हिमाल पहाड जोड्न दर्षण हावि भएको थियो
भने एकै प्रकारका संस्कृति, भाषा र धर्म भएका
व्यक्तिहरुलाई खण्डित गर्ने उदेश्यले किन पूर्व र पश्चिमाका जिल्लाहरुलाई मात्र
पहाडमा जोडियो, मधेस प्रदेशसंग किन
सिन्धुली र मकवानपुर जोडिएनन् ? थारू बाहुल्य भएको कैलाली
कंचनपुर पनि उनीहरूबाट अलग गरिएको छ, किन ? प्रश्न अलि गम्भीर भएकोले म यिनै प्रश्नको उत्तर
खोज्दै छु, प्रियतमा सायद विश्वको कुनै
कितावमा भेटिएलाकी भनेर अध्ययनमा व्यस्त भएको छु,
त्यै भएर
तिमीसंगको फोन संवाद पनि राम्ररी भा छैन्, न रिसाऊ है ।
बैषाख १२ गते गएको
विनासकारी भुकम्पले करीब आठ हजारको ज्यान गयो त्यस कारण सबै नेपालीको मन रोयो, सबै एकबद्ध भए । पिडामा छटपटाएका मनले एउटा त्रिपालमा चित्त बुझाए तर
राजनीतिज्ञहरुले मौका छोपे छन् भुकम्पको पिडाको मल्हम बनेको एकताको धागोलाई
घनिभुतरुपमा फायदा उठाएछन् र नीति निर्माता कहलाउने केही सीमित व्यक्तिहरुको अफु
खुशी सम्विधान बनाउने राजमार्ग पो बनाएछन् । तर सरकारले जनताको अन्तरमनको विश्लेषण
कहिल्यै गरेन क्यार ? कुरा धेरै अगाडी बढेको चालै
पाएन क्यार ? कागजमा भन्ने हो भने मधेस
आन्दोलनको उपलब्धिमा अन्तरिमा संम्बिधानमा लेखिएको राज्य संघिय संरचनामा जाने विषय
र तत्कालिन प्रधानमन्त्रिले आन्दोलनरत मधेसीदलसंग गरेको ८ बुंदे सम्झौता बाहेक अरू
केही पनि छैन् तर जनताको मन भन्दा ठूलो कागज के नै होला, संघिय संरचनामा जाने मनोभाव सबैको मनमा रहेको छ अहिले ? संघिय संरचना आवश्य छ वा छैन्, राष्टले संघियता धान्न
सक्ने नसक्ने भन्ने विषय आफैमा ठूलो बहसको विषय हो तर हालको लागि जनताको मनमा धेरै
अगाडी बढेको विषयको आधारमा संघियतामा जानु सरकारकोलागि बाध्यता नै भयो होला । राज्यको पुन: संरचना
विज्ञलाई जिम्मा लगाएर त्यसकै आधारमा केही महिना पछि प्रक्रियामा गएर सम्बिधान
जारी गर्दा देशले अहिलेको जस्तो पिडादायी समयबाट गुज्रनु पर्ने थिएन होला र आकास
खस्ने तर धर्ती फाट्न जसरी ढिला पनि हुने थिएन होला । एउटा विज्ञानको कितावमा
लेखेको आधारमा भन्ने हो भने त यो पृथ्वी परलय हुन लाखै वर्ष लाग्नेछ, अनि सार्थकता नपाउने सम्बिधान जारी गर्न यति हतार किन जव की यो
संविधान सभा अझै दुई वर्षका लागि मान्य रहने नै छ ।
प्रियतामा तिमीले पनि
जानकारी पाएकी नै हौला, मधेस जलिरहेको छ । पूर्व
देखि पश्चिम सम्म मधेसी र थारुहरु आफ्नो हक अधिकार र सिमाêनको जटिलतालाई समाधानका लागि शान्तिपूर्णरुपमा आन्दोलित छन् तर
जिम्मेवार भनिने सरकारका आभारीहरु निर्ममरुपमा निहथ्था जनतामाथि गोली बर्साउन
निर्देश गर्दैछन् । यस आन्दोलनमा सम्पूर्ण मधेसी छन् तराईका नामधारी पर्टीको यो
आन्दोलन हुदै हैन् यो त समग्र मधेसीको हक हितको लागि विचार राख्ने सबैको हो । तीस दिन सम्म आन्दोलन
भईरहšदा केही सम्बोधन नभए पनि
आन्दोन मात्र गरि राख्ने मधेसी–थारु जनताको धैर्यताको
मुल्याêन कसरी गर्ने, यो विचार योग्य विषय हो, सरकारले लान्छाना लगाए झै
आनदोलदनकारी उग्र भएको भए तीस दिन लामो आन्दोलन सम्भव नै हुदैन थियो क्यार ? मधेसी र थारुहरु मात्र होइनन् अन्य उत्पिडित
समुदायहरु पनि संघर्षरत छन् । तर सरकार यस विषयमा विचारशुन्य झै प्रस्तुत भएको छ ।
प्रियतमा, मैले दोस कसलाई दिऊ ? सरकार वा आन्दोलनरत पक्षलाई
? सरकार आन्दोलनकारीको दोस देख्छ अनि असन्तुष्ट
आन्दोलनकारी सरकारको दमन मात्र । तर सम्पूर्ण जिम्मेवारी बहन गर्दै देश हाक्ने
सरकारी पक्ष नै समाधानको आधार बन्नु पर्छ, मेरो बुझाई ठिक छ भने ।
त्यसैले वर्तमान अवस्थाको सम्पुर्ण जिम्मेवारी सकारले लिनु नै वुद्धिमतापूर्ण
हुनेछ । तर जे भए पनि सरकार जिम्मेवार नबन्दा देशमा साम्प्रदायिकता कतै विथोलिने त
होइन भन्ने विषयले मलाई चिन्तित बनाएको छ । तिमीले विचार गरेकी छौ, मधेसी समुदायले आठ पुलिसले बलिदान दिएका देखेका छैनन् अनि पाहाडी
समुदाय र सरकारले आन्दोलनरत सैतिस जना सहादत भएका देखेका छैनन्, अझ टीकापुरमा जलिरेको पुलिस देख्ने अनि महोत्तरीमा एउटा एनजीओको
गाडीबाट उतारे विरामी ससस्त्र प्रहरी लाई निर्मम हत्या गरेको देख्ने सरकारले
भैरहवामा एम्बुलेन्सको सिसा फूटाएर एक ससस्त्र प्रहरीले रडले हिर्काएर एक
आनदोलनकारीलाई मारेको अनि विरगन्जमा आफ्नो जीवनको अन्तिम साšस लिएको वेलामा पानी माग्दा एक ससस्त्रले पिसाव फेरी दिउ भनेको
नदेख्ने सरकार र विभिन्न दलका शिर्ष नेताहरु पनि चोखो भने पक्कै छैनन् । एकै देशका दाजुभाई मर्दा
एकले अर्कालाई नदेख्ने यो कस्तो विडम्बना आई परेछ,
जिम्मेवार
त सरकार नै बन्नु पर्ला होइन र मेरी प्यारी रेलगाडी । मैले तिमीलाई रेलगाीको
संज्ञा किन दिए थाहा छ, छैन् होला । रेलगाडीले धेरै
डब्बाहरुलाई साथ लिएर आगाडी बढ्छ, सबैलाई एक साथ । तिम्रो पनि
मनोभाव त्यस्तै मै पाएको छु तर के गर्नु तिमी जस्तो भावना भएका व्यक्ति तिम्रो
समुदायमा खडेरी नै परेको छ क्यार, त्यो पनि नीति निर्माणको
ओहदामा पुगेका व्यक्तिहरु ।
हेर न विभेद पनि कति साह्रो, एकै प्रकृतिको भाषण गर्दा मधेसी नेता देश द्रोही हुने रे अनी हिजो
मात्र केही नेताले संविधानसभा भवनमा देश टुक्रिन सक्ने अभिव्यक्ति दिंदा र कसैले
अवको चौबिस घण्टाको निर्णयले देश अखण्ड हुने नहुने निर्णय हुने अभिव्यक्ति दिंदा
कसैले पनि नसुने झै गर्ने । हुन त यो अल्पसंख्यक, पिछिडिएका वर्गलाई विभेद गर्ने संस्कारको लामो इतिहास नै छ ।
पछिल्ला दुइसय पचास वर्ष मधेसी थारुहरुले दमन र अत्याचार मात्र त सहनु परेका
थियो, तिमीले पनि केही महिना
अगाडी इतिहासको किताव पढाएर मलाई सुनाएको त हो नी । थारुहरुको कम्लरी प्रथामा त
तिमीले अनुसन्धान नै गरेकी थियौ नी, त्यस्तो दासताको विश्लेषण म
भन्दा राम्ररी त तिमी नै गर्न सक्छौ । हाम्रा बा बाजेले त दमन सही रहे जसको बोझ
हामीले बोकी रहेका छौ । म चाहन्छु कम्तिमा तिमी र मेरो चिनोको रुपमा प्राप्त हुने
अनमोल रत्नले भोलीका दिनमा यस्ता दमन सहनु नपरोस,
म त्यसका
लागि संघर्षरत छु, आफ्नो सन्ततीका लागि भए पनि
तिमीले मेरो मनोवल बढाउने छौ, मलाई विश्वास छ । तर हाम्रा
संततीका लागि तिमी हुने भएकोले धेरे अपठ्यारो नपर्ला तर महिलाको अधिकार पनि
संरक्षण नभएको यस देशमा महिला स्वयम् पिडित छन् अनी तिमीबाट पनि धेरै आशा राख्नु
व्यर्थ नै होला ।
सुन्दै छु सम्बिधान अवको
केही दिनमै जारी हुन्छ रे ! नामको लागि मधेसी मुलका राष्ट्रपति भनिए पनि आफ्नो
सम्प्रदायका लागि बोल्न त उन्लाई पनि गाह्रो छ । ना ना थरीका विश्लेषण हुन थाल्छ, बोल्यो की पोल्यो भा छ राष्ट्रपतिलाई,
चाहे
त्यो राष्ट्रहित कै कुरा किन नहोस् । बोले पनि नेता सुहाउदो बोली दिनु पर्यो, राष्ट्र सुहाउदो अभिव्यक्ति होइन । हुन त सम्बिधानलाई
सम्झौताको दस्तावेज भनिएको छ, यो सम्झौता जनताका
समुहबीच हुनु पर्ने होला नी ? की केही नेताका बीच, मलाई ठम्याउन गाह्रो भयो । सम्बिधान हरेक व्यक्तिले
भने जस्तो आउन सक्दैन यो त सबैले बुझेका छन् तर केही शीर्ष नेताले भने जस्तो चाही
हुनै पर्ने यो कस्तो समानता हो ।
मेरी नैनरागनी, तिम्रो आšखाको गहिराईमा म डुबेको छु, तिम्रो अन्तर्मन लाई बुझ्ने प्रयत्न गरेको छु । राग उत्पन्न गर्ने
तिम्रा नैनबाट त म प्रेरित भएको हु नी । तिम्रो भावनाको बलमा म सदभाव कायम गर्न
सक्छु जस्तो लाग्छ, एकता कायम गर्न सक्छु जस्तो
लाग्छ । हामी बीचको अन्तर्मनको मिलन भए जस्तै हरेका समुदाय बीचको मन मिल्नु जरुरी
छ अहिले, तिमीले मेरो घाउमा मल्हम
लगाएको बेला र मैले तिमीलाई सघाएको बेला भन्दा न कुनै समय बलवान छ, न हुने नै छ । त्यसैले सबै जनता बीच एकता कायम हुन सक्ने
वातावरण बनाउनु जरुरी छ सरकारले हतारमा होइन अधिकतम जनताको आवाजलाई समेटनु जरुरी छ
। आधा जनताको समुदायलाई पन्छ्याएर लयाएको सम्झौताको दस्तावेज भनिएको गाणतान्त्रिक
नेपालको पहिलो सम्बिधानले भोलीका दिनमा सार्थकता पाउला ? यो प्रश्न निकै सम्बेदनशील छ । अहिलेको सही विश्लेषण र उपयुक्त
निर्णयले भोलीको देशको अखण्डतालाई मजबुत बनाउछ, नभए हठका भरमा हतारमा
ल्याइने एक पक्षीय सम्बिधान अधिकतर जनताले अपनत्व ग्रहण गर्न सकेनन भने देश
दुर्घटना तर्फ अगाडी बढन् सक्छ तर कस्तो दुर्घटना म परिकल्पना पनि गर्न सक्दिन् ।
मेरी अर्धा∙ीनी, तिमी विना त म अधुरो छु अनि
म विना तिमी । तराई विना पहाड अनि पहाड विना तराई पनि अधुरो होला नी । तिमीले
होलीको समयमा मेरो धोती तानेको पनि याद छ अनी म पहाडमा छšदा ढाका टोपी सिउरी दिएर सेल्फी खिचेको पनि स्मरण ताजा नै छ । तर
हाम्रो सम्बन्ध प्रगाढ रही रहने छ तर हामी जस्तौ धेरै व्यक्ति अशिक्षित नेताहरुको
राजनैतिक सिकार भएका छन् र जातीय, भाषिक, सांस्कृतिक, सम्प्रादायिक मतभेद कायम
गर्दैछन् जस्को परिकल्पना कम्तीमा हामी त गर्न सक्दैनौ नी ।
प्रियतमा मैले बुझेको
आधारमा भन्ने हो भने त बैचारिक शुन्यता तिर कोही पनि उन्मुख हुनु हुदैन । क्रिकेट
खेलाडीले एक कदम पछाडी गएर राम्रो छक्का प्रहार गर्न सक्छ, पछाडी फर्किदैमा राम्रो गर्न सकिंदैन भन्ने पनि होइन त्यसैले पछाडी
फर्किएर होस् वा अगाडी बढेर होस् आजको आवश्यता संयमता, धैर्यता, सदभाव र एकता कायम गर्नु नै
हो, हामी दुई बीच भए जस्तो । तर
प्रजातन्त्रको मजबुत जग पिडित र असन्तुष्ट बर्गको अधिकारको सम्पन्नताबाट नै बन्न
सक्छ भन्ने विषय सबैले बुझ्नु जरुरी छ । हत्या हिंसा प्रजातन्त्रको कमजोर कडी हो मैले
बुझेको यही हो ।
प्रियतमा केही नेताका
ढिठले सम्झौताको दस्तावेज भनिएको सम्बिधानको किताव त बजारमा आउला तर जनताको मनमा
बसेको प्रणलीको अवधारण आउन सक्दैन् । असन्तुष्ट पक्षले यसलाई स्वामित्व ग्रहण गर्न
सक्दैनन् । मैले सुने अनुसार सम्बिधान आएमा तिमीहरु तिर दिपावली मनउने कार्यक्रम छ
तर असन्तुष्ट पक्षले यसको स्वामित्व ग्रहण नगरेको बेला तराईमा आन्दोलन झन चर्कने
अवस्थाको श्रृजना भएको छ त्यस्तो भएमा यहाš लासका थुप्रो नै हुनेछ
सरकारको दमनमा पिसिल्लिएर कतै शरनार्थी त बनाउने हैनन् भन्न् डर पनि अर्कातिर छ ।
अहिले नै करीब एक लाख तराईबासी सरकारको रबैयाबाट भयभित भएर भारतमा टेन्ट गाडेर
बसेका छन् । मलाई उताको खुसीमा कुनै दु : छैन् तर यता उत्पिडित वर्गको अधिकार
प्राप्तिका लागि धेरैले अझै संघर्ष गर्नु पर्ने तितो यथार्थ रहेको छ ।
![]() |
| कतै दिपावली मनाउदै खुशी व्यक्त गर्दै |
प्रियतमा त्यहाšको खुसियालीमा तिमी दिपावली मनाऊ, म भने छरछिमेकीको लासको
चिता जलाउछु ।
सम्भव भए त्यहाšको दिपावलीमा जलेको दियो पठाउ त्यसैले म यहाš चिता जलाउšला, धर्तीमा नभए पनि कम्तिमा स्वर्गमा एकताको आभाष त रही रहने छ ।
तर म चाहन्छु यस्तो अवस्था
कहिल्यै नओस कतै दिपावली मनाए पनि कतै अप्रिय घटना नघटोस्, यही नै सबैको चाहना हो ।
लेख्नु त धेरै छ, अर्को पटकको लागि अधुरो रह्यो, पत्र फेरी लेखौला । तर जे
भए पनि हाम्रो पृथक मिलन एक उदाहरण बनिरहोस हाम्रो प्रगाढ प्रेम एकताको लौकिक
धागोमा अमर रहोस् यसकै आधारमा समाजमा सदभाव कायम रहोस्, एकता कायम रहोस, विभेदको अन्त्य होस्, दमन र दासत्वको नामो निशान नरहोस् । सबै असन्तुष्ट पक्षलाई समेटेर
मात्र सम्बिधान जारी गर्नु भन्दा उत्तम विकल्प अरु हुन सक्दैन । सबै पक्षलााई समेटेर आउने
सम्बिधानलाई मेरो अग्रीम स्वागत छ ।
तिमीमा सधैं विश्वास राख्ने
राजु उराऊ (काल्पनिक नाम)
तराई


good one mukesh dai...... thinking beyond horizon..... keep it up....
ReplyDeleteGreat ...........harts off to ur great creation mukesh Ji
ReplyDeleteCommendable writing and proper selection of words :-)
ReplyDeleteGreat dai..very impressive.
ReplyDelete