Tuesday, 20 September 2016

तिम्रो गोरो रंगमेरो कालो दिन
(तराईको एक दलितको पहाडकी गोरी प्रेमिकालाई पत्र)

(यो लेख कुनै अग्रह पुर्वाग्रहमा लेखिएको होइनविभिन्न व्यक्तिहरुको विचारबाट प्रभावित भएर राष्ट्रीय एकता कायम रहोस भन्ने उदेश्यका साथ साहित्यिक काल्पनिक पत्रकोरुपमा प्रस्तुत गरएको छ । यस पत्रको प्रसंग कसैसंग मेल खाएमा त्यो संयोग मात्र हुनेछ ।)


मेरी प्रियतमा
खण्डित नेपालभरीको अखण्ड माया

हामीले कलमको माध्ययमबाट आफ्नो अन्तरआत्माको मनोभाव साटेको झण्डै एक वर्ष नै हुन लागेछ किनकी संविधान बनेको एक वर्ष भएछ । बिस्तारित संचार माध्यमको कालखण्डमा पत्रचारको के आवश्यकता भन्ने भाव हमीमा ओतप्रोत भए जस्तो छ । तर किन हो किन अन्तरमनको गहिराईको प्रेमसदभावबेदना र भावना कलमले मात्र उजागर गर्न सकिँदो रहेछ भन्ने लाग्छ मलाई । मेरी प्रियतमा, त्यसैले आज बाह्र महिनाको अन्तरमा फेरी तिमीलाई पत्रचार गर्न बाध्य भए । पत्रचार नगर्दा त यो बाह्र महिना बाह्र बर्ष झै लागेको छ मलाई । गत वर्षको पत्रको झझल्को मेरो मानस पटलमा ताजा नै छ र आशा गर्छु तिमी पनि त्यसलाई बिर्सन सक्दिनौ होला । आजकल एकल पत्र सबैका लागि स्मरणीय नै हुने गर्दछ हैन र ! फोनमोबाईलभाईबर जस्ता कयौं सञ्चारका सेवा भएका बेला एकल पत्र पनि आफ्नो अधिकारको खोजीमा छ र आफ्नो अस्तित्व जोगाउन प्रयासरत छ म त्यसकै लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रयासमा छुमलाई विश्वास छ यसलाई पढेर तिमीले पनि पूर्णता दिनमा सहयोगी भूमिका निर्वाह गर्ने नै छौ ।



मेरी मृगनयनीहामीले आँखा आँखाले सम्बाद गरेको दिन पनि धेरै भएको छैन् । हाम्रो त भाषा नै फरक थियो त्यसकारण सुरुवाती दिनमा सम्बाद गर्न पनि गाह्रो हुने गर्दथ्योति दिन त याद नै छ होला तिमीलाई तर नयनसंकेत त भाषा हो भने भाषाको यति विवाद किनम सोच्दै छु लामो समय भारतीय मित्रको संसर्गमा रहेकोले होला मातृ भाषा मैथलीव्याकरणीयरुपमा तोडमोड गरेर खिल्ली उडाईएको राष्ट्रीय भाषा नेपाली पछि मेरो हिन्दी भाषामा नै बढी दखल छ तर संवादको लागि प्रयोग गरिने भाषाको पनि राजनीतिकरण भएछ आजकलराष्ट्रीयता भन्दा जातीयता हावी भएछ आजकलयसको बीजारोपन कस्ले गर्‍यो भन्ने मेरो चासोको विषय हुँदै होइन तर यसबाट उत्पन्न समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने मात्र मेरो चासोको विषय हो । राजनीतिज्ञले मात्र भाषाको राजनीतिकरण गरेनन् नेपालका भाषाविदले पनि नेपालीभाषाको व्यकरणमा राजनीति गर्न भ्याए । भाषा बिज्ञहरुले नै नेपाली भाषाको विकासको बाटोमा फक्राएको फूललाई फुल सम्झेर तारेर अम्लेट बनाएर खान भ्याए छन्अन्य देकशको भन्दा फरक रहेको हरलाई हर बनाउन पनि भ्याए छन् जहाँ आधुनिक हर भन्दा फरक राजनैतिक र भाषिक व्यापार मात्र हुन्छ । मेरी प्रियतमाहिन्दी बोल्दा भारतीय बिस्तारवादको ऊपमा पाइन्छ होला त्यसैले आफ्नो राष्ट्रीयतामा कुनै आँच नआओस भनेर उर्दुको एउटा शायरीबाट आजको पत्रको मुर्तरुपमा शुरुवात गर्न चाहन्छु किनकी भारतको बिरोधमा जति राष्ट्रीयता झल्किन्छ त्यती त आफ्नो देशको प्रगति गरेर पनि झल्कदैन भन्ने भ्रम पैदा भएको छ हामी उग्रराष्ट्रवादी नेपालीहरुमा । नुन खानेको गुन लाउन एउटा कुरा होला तर राष्ट्रीयताको विषयमा हामी अरु देश झै शक्तिशली बन्न खोज्नु जायज नै होअमेरिकाभारतचिनजापाननेपाल सबैको राष्ट्रीयता उत्तिकै ओज राख्छ र यसमा हामी बिचलित हुनु हुन्न । तर भ्रम त भ्रम नै हो नीकेही उग्रराष्ट्रबादीहरुको यस्ता भ्रम चिर्न त साश्वत इश्वर दर्शन वा उपदेश पनि अधुरो होला । हिन्दीमा शायरी पस्कदा केही संकिर्ण सोच राख्नेहरुको मनमा यो पत्र नै भारतीय विस्तारबादको अंश भईदिने डर लाग्छ मलाईप्रियतमा त्यसैले उर्दुको शायरी पस्कदै छु यो पत्रमा......
खतका मजमून भाफ लेते है लिफाफा देखकरनाम को भी जानजाते है कयाफा देखकर ।।

यानीकी खाम हेरेर नै पत्रको आशय वा भाव थाहा पाउन सकिन्छ र शारीरिक हाउभावरंगबोलीचालीबाट नै नामठाम पत्ता लगाउन सकिन्छ । त्यसैले प्रियतमा सायद मैले लेखेको यस पत्रको मूल मर्म थाहा पाई सक्यौ होला तिमीले – यसको खाम हेरेर । त्यती मात्र कहाँ हो र तिमीले त को कस्तो राजनीतिज्ञ हो भनेर पनि आकलन गरिसक्यौ होला । तिमीले उग्रआन्दोनकारीलाई पनि चिनी सक्यौ होला जस्ले आफ्नो निहित फायदाका लागि जाति र तराई केन्द्रीत राजनीति गरिरहे अनि उग्रराष्ट्रबादको डमरु बजाउने चटकेलाई पनि चिनी सक्यौ होला जस्ले उग्र राष्ट्रबादको खोक्रो नारा फूके र ठूलाठूला काल्पिनिक सपना बाडेर जनतालाई भ्रमित पारे तर विकाशको अनुभूतिको थोरै भएपनि दिलाउन सकेनन् । तिमी हामी जस्तो आम जनताको चासो न त सरकारले सुन्ने प्रयास गर्‍र्यो न त आन्दोलनकारीको नेताहरुले । सरकार जनता भनेको नेता मात्र भनि रहर्‍यो अनी नेता जनतालाई आफ्नो अनुयायी सम्झी रहे तर जनताको चाहनाको ठोस मूल्यांकन गर्ने हो भने सबै पक्षलाई समेटने खालको संविधान संसोधन तर्किक निष्कर्ष हुन सक्छ । किनकी तिमीले मेरा साथी गिरधारी राम र तिम्री मितिनी रमा दुबैको भावना पनि बुझि सक्यौ होला । गिरधारीको सार्थक विचार जस्तै धेरैको विचार अधिकारको होसिमांकन होजनसंख्यको आधारमा निर्वाचन क्षेत्रको होराज्य संरचना अधिकार सम्पन्न बनाउने होभाषाको सम्मान होसम्मान सहितको अंगीकृत नागरिकता हो र समानताका लागि समानुपातिक सहभागीता हो । रमाको विचार जस्तै धेरैको विचार संविधानको कार्यान्बयन हो, देशको विकास होहालको जनसंख्या तथा समुदाय अनुकुलको र भोली विवाद नहुने किसिमको राज्यको सिमाêन होबिकट भौगोलक क्षेत्रको सम्मान हो । रमा र गिरधारी जस्तै अरु पनि उदार भए भने समस्या समाधान सहज छ तर आफ्नो गोरुको बाह्रै टाका भन्ने भावना ओतप्रोत भएमा समस्या यथावत रहने छ र देश विकास पछाडी पर्नेछ । प्रियतमा यी विषय बिल्कुलै राजनैतिक हो तिमीलाई त थाह नै छ होला म राजनीति त्यति जान्दिन तर तितो यथार्थ यही हो । हामीले यि विषयमा तिमीले अचार बनाउन गुन्द्रुक साँदेको बेलामा गरेकै होनीतिमी पनि मैले राजनैतिक कुरा गर्‍र्यो भनेर झनक्क रिसाएकै थियौन रिसाएको भए त गुन्द्रुक कहाँ सांदिन्थियो र ?
मेरी रागनीपत्रको मर्म बुझे पनि हामी बीचको प्रेम एवम् सदभावको गहिराईको ऊजागर पत्रका शब्दबाट पनि अनुभूति गर्न सक्छौ होला भनेर समग्र पत्र नै पढ्न विनम्र अनुरोध छ । हेर न प्रियतमारंगको कुरा गर्दा त पछिल्लो पत्रको एउटा हरफ याद आउछशायद तिमीलाई पनि याद छ होला । हामीले मन साटासाट गर्दा त न रंग हेर्‍यौ न त जातन वर्ण हेर्‍यौ न त भूगोलन सामर्थ्य हेर्‍यौ न पहिचानहेर्‍यौ त केवल एक अर्काको अन्तरमनको प्रेम गहराई । के यी विषयमा हाम्रो बुझाई नै गलत हो र कि हामी नै गलत के हामी बीचको अन्तर साम्प्रदायिकताअन्तरजातीयअन्तरभाषीय सम्बन्ध अधुरो छ र के यसले राष्ट्रीय आघात पुर्‍याएको छ र के यसले द्वन्द निम्त्याएको छ र नभए यिनै विषयमा वर्ष भरी यत्रो विध्न अन्तरद्वन्द किन यिनै विषयको सेरोफेरोमा किन संघर्षका बाद र प्रतिबाद ! किन द्वन्द र प्रतिद्वन्द ! किन घृणा र प्रतिघृणा ! किन आरोप र प्रत्यारोप ! यदी देशमा सामाजिक सदभाव कायम भएमा कुन अस्तित्व कम्जोर हुन्छ र अस्तित्वको संरक्षण मेलमिलापबाट सम्भव छजननेता बीपी कोइरालाको भावना पनि यही हो । समाजमा बढ्दो उग्रआन्दोनकारी र उग्रराष्ट्रवादी खोक्रो विचारले देशको प्रगतिपथमा बिराम आएको छ । यही उग्रभावनाका कारण समाजमा साम्प्रदायिकता बिथोलीने खतरा बढ्दो छरंगभेदी विचारधारा हावी हुने डर छ । सबै रंगको आफ्नै पहिचान छ आफ्नै मान्यता पनि तर समाजमा प्रवेश गर्नसाथ ती रंगहरुले छुट्टै मुल्य र मान्यता स्थापित गर्दछ । क्रिस्चयनहरुले विवाहमा प्रयोग गर्ने सेतो बस्त्र हाम्रो समाजमा अर्कै मान्यताका साथ स्थापित छ र यसलाई प्राय मृत्यपरान्त उपयोग गरिन्छ । इसाई धर्माबलम्बीहरुले प्रयोग गर्ने कालो बस्त्रको उक्त समाजमा एउटा सकारात्मक मान्यता छ भने त्यही रंगको बस्त्र क्रिस्चयन समाजमा अशुभको घोतक हो । त्यसैले समाजले स्थापित गरेको रंगको आडमा विभेद गर्नु भनेको कर्तब्य बिमुख हुनु हो । यस्तो हर्कत सहतिको विचार हाम्रा केही उग्रराष्ट्रबाद कहलाउन रुचाउने नेताहरुले सामाजिक संजालमा राख्न पनि भ्याए । प्रियतमा संस्कृतमा एउटा श्लोक छ नी,
बलवानप्यशक्तोंसौ धनवानपि निर्धन : ।
श्रुतवानपि मूर्खौंसौ यो धर्मविमुखो जन : ।।

अर्थात जो व्यक्ति कर्तब्य (धर्म) बाट बिमुख हुन्छ त्योब्यक्ति बलबान भएर पनि असमर्थधनवान भएर पनि निर्धन र ज्ञानी भएर पनि मूर्ख सरह हुन्छ । हाम्रा विद्धान कहलाउšदा व्यक्तिले पनि यस्तो खोटपूर्ण भावनाका साथ मूर्ख सरह नै व्यबहार गरेर समाजिक मतभेद कायम गराउन जलमल गरे ।
हामी जर्मनका विधी शस्त्री सेभेग्नीको सिद्धान्तको आधारमा अगाडी बढ्ने प्रयत्न त गरी रहेका छौ तर असन्तुष्ट पक्षको समास्या समाधानमा तदारुक्ता देखाउन सकिरहेको छैनौ अनी कसरी स्थतापित हुन सक्छ सर्व पक्षीय हितमा राज्यको विकास उत्पिडितविगतमा पिछिडिएकाका भावनाको कदर गर्न र असन्तुष्टिलाई पुरा गर्न अहिले संविधान संसोधनको  विकल्प हुन सक्दैन् यसबाट नै समग्र राष्ट्रको हित सम्भव छ नत्र समस्या यथावत हुने भएकोले संविधान कार्यान्बयन फितलो हुनेछहैन र मेरी माया ! यसबाट मात्र देशका आदिवासीजनजाती,  मधेशीथारु लगायत पिछिडिएकाको सम्मान हुन सक्छ । त्यसो नभए अनी कहाš सम्भव छ र देश विकास यो सब मिथ्या मात्र हुनेछ । बेलायती विधी शस्त्री जोन अस्टिनको सिद्धान्तको आधारमा असन्तुष्ट पक्षलाई पन्छ्याएर हाम्रो देश अगाडी बढ्न सक्दैनहामीले यसको एक वर्ष लामो अभ्यास पनि गरि सक्यौ तर असफल नै भयौहैन र ?
मेरी चन्द्रमातिमी अर्धाङ्गनी मात्र होइनौतिमी त मेरा लागि संधै शीतल एवम् शान्ति दिने मित्र पनि हौ त्यही भएर त मलाई सदैब संस्कृतको यो श्लोक याद आउछ ।
चन्दनं शीतलं लोकेचन्दनादपि चन्द्रमा: ।
चन्द्रचन्दनयोर्मध्ये शीतला साधुसंगति: ।।

भाव पनि तिमीले बुझिसकेकी होलाकिनकी तिम्रो मित्रतामा रहेको शान्ती एवम् शीतलताको भाव मैले अरु कसैमामा प्राप्त गर्न सकेको छैन् । संसारमा सबै भन्दा शीतल लेप चन्दन हो तर चन्द्रमाले त्यस भन्दा बढी शीतलता प्रदान गर्दछ अनी चन्दन र चन्द्रमा भन्दा पनि शीतलता र शान्ति असल मित्रको संगतबाट नै प्राप्त हुन्छ । त्यसैले हामी सबै नेपालीमा एक अर्का प्रति मित्रताको भावना जाग्नु जरुरी छ । हाम्रो देशमा अहिलेका आवश्यकता शन्ति र शीतलता नै हो । विभेदअन्यायअत्याचारप्रतिशोधको ताप र रापमा हाम्रो देश जली रहेको छ । सबैलाई आफ्नै मान्यता ठीक भन्ने भान भएको छ । तर समाजमा सबैको भावनाको कदर हुनु पर्दछ भन्ने धेरैले बुझ्न सकेका छैनन् जसको शिकार हामी सर्वसाधारण जनता भएका छौतिमी र म पनि । मेरी प्रियासायद तिमी जस्तै शीतलता प्रदान गर्ने मनोभाव सबैमा भए कति सुन्दर हुने थियो होला । तर त्यसो भएन ।

š साšच्ची तिमीले त हिजो भब्यरुपमा संविधान दिवस मनायौ रेआज र भोली पनि मनाउछौ रे । लुखुरेले भन्दै थियो त्यता त पूष्पवर्षा पनि गरियो रे तर तिम्रा भनिनेहरुले पनि एकै ठाउं मनाउनु पर्ने खुशियाली पनि दुइतिर विभाजित भएर भनाएछन् । खुशी पनि साट्न सकेन छन्यो कस्तो उपलब्धीएक पटक विचार गर्ने की । उता परेबा उडाएर खुशी भएर के गर्नु एउटै देशमा भएर पनि मेरो घर छेउमा त छिमेकीहरु बिलाप गर्दै थिएअश्रुपूरित श्रद्धाञ्जलि अर्पण गर्दै थिएगत वर्षको आन्दोलनमा सहादत प्राप्त गरेकाहरुको झण्डै एको वर्ष भा को पो रहेछपूष्पवृष्टि हैन यता त आशुको वर्षात पो भएछदुबै तिर पूष्पवर्षा हुनपाए कस्तो राम्रो हुन्यो होलाकहिले आउला त्यो दिनम पर्खेर बसेको छुतिम्रो पनि मनोभाव यस्तै थियो मैले त्यस्तै बुझेको छु अनि यता पूर्व देखि पश्चिम सबैतिर पिडित आदिवासीजनजातीमधेसीथारु लागयत धेरै व्यक्तिहरु कालो दिवस भनेर कालो रंगको धज्जी उडाईरहेका छन् हुन त कालो रंगले हाम्रो समाजमा अशुभको घोतकको मान्यता स्थापित गर्न सफल भएको रहेछ त्यसैले दु:खमा कालो दिवस रे ! बिरोध गर्नेले एकजुट भएर बिरोध गर्न सकेनन् छन्यो कस्तो बिरोध मैले त ठम्याउनै सकिन । तिमी आफै भन्ने गथ्र्यौ तिमी गोरी भएर राम्री भा हैन । बरु तिम्रो विचार राम्रो भएर राम्री भएकी जस्तो लाग्छ मलाई । मेरी कक्षाकी साथी नर्गीस बानो कालो बुर्कामा कस्ती राम्री देखिन्छिनउनको निल गगन जस्तै चक्षु यता उता गर्दा कति प्यारो लाग्छ । त्यो बुर्काको कालो रंगको के दोष हैन र ?, मेरी माया । नर्गीसलाई भेट्दा त न रंगको ख्याल आउछन भाषाकोन धर्मको । यि सबमा हुने विभेद त समाजमा स्थापित मान्यता मात्र हुन जस्तो लाग्छ मलाई । यसको अन्त्य हामी तिमीबाट मात्र सम्भव छ ।

तर जे हो हाम्रो देशमा द्वन्द हैन शान्तिको आवश्यकता छप्रतिशोध हैन प्रेम र सदभावको आवश्यकता छविभेद हैन गोरेकाले सबै नेपालीको मेल मिलापको आवश्यकता छबिरोध हैन देशको विकासको आवश्यता छ । त्यसैले प्रियतमा तिमी र म मात्र हैन हामी सबै एकै भावनाका साथ राष्ट्रीयताप्रति समर्पित भई अगाडी आउनु जरुरी छ । देशले खोजेको यही हो । कोही उग्रराष्ट्रबाद बन्ने प्रयास नगरुन कोही अग्रआन्दोलनकारी बन्ने प्रयास पनि नगरुन । सकिन्छ भने मधेस पहाड जोड्ने भावनात्मक पुल बनाउ सक्दैनौ भने कम्तिमा आफूलाई संयमित बनाऔं ।

अन्तमासदा झै हाम्रो पृथक मिलन राष्ट्रिय एकताको एक उदाहरण बनिरहोस्हाम्रो प्रगाढ प्रेम एकताको लौकिक धागोमा सौहादपूर्ण सम्बन्धरुपी फूलले बनको माला बनेर अमर रहोस् र यसकै आधारमा समाजमा सदभाव कायम रहोस्विभेदको अन्त्य होस्दमन र दासत्वको नामो निशान नरहोस् । सबैको जय होस् । यो पनि पढ्नुहोस 

सधै तिमीमा विश्वास राख्ने उही
राजु उराऊ (काल्पनिक नाम)
पूर्वि तराई
यो पनि पढ्नुहोस http://drmukeshkumarsah.blogspot.com

1 comment: